३० आश्विन २०८३, शुक्रबार

त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र घण्टाघर पुनःनिर्माण गरिने भएको छ ।

ति संरचनालाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संसोधित बजेटमार्फत यस्ताे घोषणा गरेका हुन् ।

विश्वविद्यालयहरूलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यादेशमा उल्लेख छ । नारायणहिटी दरबार संग्रहालयमा ‘रामापिथेकस’ देखि देशको सम्पूर्ण कालखण्ड झल्किने ऐतिहासिक प्रतिमा राखेर शासकीय संग्रहालयका रुपमा विकास गर्ने अध्यादेशमा उल्लेख छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।