७ कार्तिक २०८३, शनिबार

अब जापानी भाषाको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी, खल्तीले जाल्टनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।

यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टनको कार्यालय भृकुटिमण्डप नै पुगेर घण्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट थियो ।

यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । यसको लागि जाल्टनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेलबीच सम्झौतामा भएको हस्तक्षर भएको हो ।

के हो जेएलपीटी ?

जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्थाहो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न, सुन्न, र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ ।

उक्त परीक्षण वर्षको एकपटक लिइन्छ । जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ ।

जेएलपीटीमा एन१, एन२, एन३, एन४, एन५ गरी जम्मा ५ वटा तहहरु रहेका छन् । यीमध्ये आवेदकले आफूलाई उपयुक्त लागेको कुनै एक तह छनौट गरी भाषा परीक्षा दिन सक्नेछन् ।

साथै जेएलपीटीको आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट भरी पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ । आवेदन फारम शुल्क रु. ३००० रहेको छ ।

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतःबन्द हुनेछ । फारम भर्ने मिति भदौ २२ देखि असोज २ गते सम्म रहेको छ । ५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परिक्षामा उत्तीर्ण भई छनौट हुने १००० जनाले रोजगारको लागि जापान जान पाउनेछन् ।

उक्त सुविधा सम्बन्धमा खल्ती वालेटका प्रवन्धक भुर्तेलले बताए, “जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टन) सँग सहकार्य गरी सबै जापानीज भाषा परीक्षार्थीलाई भुक्तानीको एक मात्र माध्यमको रुपमा खल्तीको सजिलो अनलाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा निक्कै नै खुशी छौँ । अब परीक्षार्थीहरुले फारम भरीसकेपछि आफ्नो खल्ती आईडी बनाई सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । ”

खल्ती डिजिटल वालेट

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।