
काठमाडौँ, २० भदौ । साताको पहिलो दिन नेप्से परिसूचक १०८.२६ अंकले घटेको छ ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से २८१८.७३ विन्दुमा पुगेर बन्द भएको छ ।
आज २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर किनबेचमा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रूपैयाँको कारोबार भयो ।
आज करिब सबै कम्पनीको नकारात्मक सर्किट लागेको छ । विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशतले घट्न पुगेको छ ।
आज सबैभन्दा उच्च अंकले १४७.३१ गिरावट आएपछि ४० मिनेट कारोबार बन्द भएको थियो ।
सेयर कर्जामा राष्ट्र बैंकको सीमा निर्धारणको असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् । यस्तो हुनुले बजारमा लगानीकर्ताको आकर्षण घट्ने बताइन्छ । जसले समग्र बजारलाई नकारात्मक बनाउँछ ।















प्रतिक्रिया