
काठमाडौँ, १८ भदौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ ।
आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्तीबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
दरखास्त दिने मिति यही भदौ १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् ।
कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौँ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले जानकारी गराए ।
प्राधिकरणको आधिकारीक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिन्छ ।
खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ ।
‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।















प्रतिक्रिया