७ कार्तिक २०८३, शनिबार

नर्भिकमा शनिबार सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टको फ्री ओपिडी हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने भोलि (शनिबार) पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् ।

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्तथैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साता अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

यही क्रममा भोलि(शनिवार) डा. जोशी बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्ड लाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।