७ कार्तिक २०८३, शनिबार

भदौ २० देखि मनकामना केबलकार पुनः सञ्चालनमा आउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । मनकामना केबलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

कोरोना महामारीको कारण भएको निषेधाज्ञामा बन्द केवुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको मनकामना दर्शन प्रालिले जानकारी दिएको हो ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले सूचना जारी गरेको छ ।

कम्पनीले यात्रुहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरेको छ ।