७ कार्तिक २०८३, शनिबार

एनएमबिका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूले नेपालको अग्रणी अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरू किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।

यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् । उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।