७ कार्तिक २०८३, शनिबार

क्लासिक टेकका बारेमा प्रकाशित समाचार प्रति इन्टरनेट सेवा प्रदायक संघको ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले संचार माध्यमहरुमा क्लाशिक टेकका बारेमा प्रकाशित समाचारहरु प्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

आइस्पानले बिहीबार विज्ञप्ति जारी गर्दै ‘क्लासिक टेकको बिराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी‘, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शिर्षकहरुमा प्रकाशित समचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आइस्पानद्वारा जारी विज्ञप्तिमा राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पनि प्रतिवद्ध रहेको जनाइएको छ ।

त्यस्तै, सूचना तथा प्रविधिको विकास संगसंगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चार माध्यम बिचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गर्दै आमनागरिक सुसुचित हुने अधिकारको लडाइमा सधै सँगै रहेको समेत जनाइएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले यस घटनाको बारे सत्य तथ्य बुझ्दा बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जितरुपमा समाचार प्रकाशन भएको ठहर गरेको छ । यस्ता किसिमका समाचारले दुःखित बनाएको आइस्पानले जनाएको छ ।

आइस्पानले संचारमाध्यमले कुनै एक संस्था प्रति पूर्वग्रही भएर लागेको भेटिएकोले यस्ता अतिरन्जित कुरा प्रति नलागी सूचनाको हक विपरितको कार्य नगर्न पनि अपील गरेको छ ।

त्यस्तै, आइस्पानले यस बिषयमा र भविष्यमा यस्ता बिषयमा केहि भएमा इन्टरनेट सेवा प्रदायक संघसंग पनि बुझ्न, राय सल्लाह लिनका लागि अनुरोध पनि गरेको छ ।