७ कार्तिक २०८३, शनिबार

दराज लाइभले ल्यायो अनलाइन शपिंगमा नयाँ क्रान्ति, किन्नुअघि प्रत्यक्ष प्रशारण हेर्ने मौका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम दराज लाइभ भदौ १६ देखि शुरु भएको घोषणा गरेको छ ।

दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको शपरटेनमेन्ट रणनीतिको एक भागको रूपमा पेश गरिएको छ ।

ग्राहकहरुको लागि पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरूको विस्तृत जानकारी पाउन सक्नेछन् ।

दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ । ग्राहकहरूले दिनमा १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउनेछन् ।

दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक सी नाउ बाई नाउको अवधारणा पेस गर्नेछ ।

दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् ।

दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नको लागि अदातित्य अवसर प्रदान गर्नेछ, ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्नेछे, आकर्षक र मनोरञ्जनात्मक गतिविधिहरूको मेजबानी गर्दछ र ग्राहकहरुलाई प्रचुरमात्रामा रोमांचक उपहार र पुरस्कार जित्ने मौका पनि प्रदान गर्नेछ।