
काठमाडौँ, १५ भदौ । नेपालको अग्रणी अनलाइनबजार दराजले ग्राहकहरुको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजल घोषणा गरेको छ ।
यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरुको लागि ड्रप अफपोइन्ट्सको रूपमा कार्यमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र परेशानीमुक्त उपाय प्रदान गर्नेछ । ग्राहकहरु अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् ।
दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनी बिच यस हिसाबको साझेदारी नेपालमा पहिलो पटक उत्पन्न भएको दराजले जनाएको छ ।
यस साझेदारीको उदेस्य भने ग्राहकहरुलाई अनलाईन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरु पेश गर्नुको साथ साथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि हो ।
दराजको हबबाहेक, ग्राहकहरु अब उपत्यका भित्र र बाहिर स्थित चयन आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । स्थान विवरण निम्नानुसार छन्ः
– बज्र सब रेमिट: जोरपाटी , काठमाडौँ
– हेलो हाई कनेक्सन: जावलाखेल, ललितपुर
– सिम्पल सब मनि ट्रान्सफर: कोटेश्वोर, काठमाडौँ
– पीबी ट्राभल्स एंड टुर्स: बुद्ध चोक, पोखरा
– सामभावी ट्रेडर्स: बैंक अफ काठमाडौँ , बिराटनगर
– नीऊबीरगञ्जमनि ट्रान्सफर: भानु चोक , बीरगञ्ज
यी ६ स्थानहरुसँगै, थप १८ वटा स्थानहरु अर्को हप्ताभित्र खोलिने कम्पनीले जानकारी दिएको छ ।
यसै गरि, ग्राहकहरुले दराज एपमार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरुको चयन गर्न पाउने छन् ।
पहिलो विकल्प भने ग्राहकहरुले दराजको डेक्स राईडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सकिनेछ भने दोस्रो विकल्प इच्छुक ग्राहकहरु आफै ड्रप अफपोईण्टमा गई सामान छोड्न सक्नेछन् ।
यदि दोस्रो विकल्प छनौट गरि ड्रप अफपोईण्टमा गए, ग्राहकहरुलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिनेछ ।















प्रतिक्रिया