७ कार्तिक २०८३, शनिबार

गरिमा बैंकको ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिदै गईरहेको छ ।

कोरोनाभाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम राखी तीज मनाउने अवस्था हाललाई सम्भव नभएकाले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरूको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न गईरहेको विज्ञप्तिमा उल्लेख छं ।

बैंकले टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीहरूले भाग लिन सक्नेछन् ।
प्रतियोगितामा प्रतियोगीहरूले भिडियो बनाउनुदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ ।

प्रतियोगिताको विजेताले रु ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० जित्ने छन् ्

अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २,००० जित्ने विज्ञप्तिमा उल्लेख छ ।