७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । सानिमा बैंकले शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले सन् २०१२ देखि काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट https://www.sanimabank.com/ मा उपलब्ध छ ।

यस कार्यक्रमअन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार रुपैयाँ नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।