
काठमाडौँ, ८ भदौ । मंगलबार नेप्से परिसूचकमा ५६ अंक बढीले गिरावट आएको छ ।
४ दिनपछि खुलेको सेयर बजारमा मंगलबार ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो ।
चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प्रतिशतले गिरावट आएको छ भने विकास बैंक, होटल तथा पर्यटन, बैंकिङ्ग, ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका उपसमूहले गुमाएका छन् ।
त्यस्तै, आज २२५ कम्पनीका २ करोड ५३ लाख कित्ता माथिको सेयर बजारमा १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा कारोबार भने १६ १२ करोड ४४ लाखको भएको छ ।















प्रतिक्रिया