७ कार्तिक २०८३, शनिबार

ड्याट्सनले “डाट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले चाडवाडको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान् चाड दशैँको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको छ ।

यस योजनामा ग्राहकलाई कूल २ लाख ४ हजार १५२ रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार रुपैयाँको नगद छुटको साथै कार खरिद गर्नुहुने ग्राहकलाई २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको छ ।

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने छ ।