
वि वि श्रेष्ठ
व्यास, ८ भदौ । महिलाद्धारा संचालित साथी वचत तथा ऋण सहकारी संस्थाले कोभिड रोग रोकथाम तथा नियन्त्रणका हेतुले आफनो शेयर सदस्यलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।
संस्थाको अध्यक्ष नन्द कुमारी आलेको नेतृत्वमा सहकारीले आफनो शेयर सदस्यहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको हो ।
१५२५ महिला शेयर सदस्य रहेको संस्थाले वडाका अध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यतामा व्यास नगरपालिका वडा नं १४ भित्र र वन्दिपुर गाँउपालिका अन्र्तगत रामकोट, सुखौरा र शेराटारमा रहेको आफनो महिला सदस्यहरुलाई समाग्री हस्तान्तरण गरेको हो ।
संस्थाले वडाको १० वटै टोल टोलमा पुगेर स्वास्थ्य समाग्री वितरण गरेको हो । स्थानियलाई कोभिड रोगवाट वच्नका लागी समाजिक उत्तरदायित्व अन्र्तगत कार्य गरिन अत्यन्त सकारात्मक भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।
संस्था स्थापना भएदेखि नै महिलाको नेतृत्व विकास, स्वनिर्भर र आयआर्जनमा कार्य गर्दे आएको र अहिलेको स्वास्थ्य समाग्री वितरण कार्य पनि जनउत्तरदायि भएको संस्थाका पुर्वअध्यक्ष एवं व्यास नगरपालिकाका कार्यकारिणी सदस्य नरिमाया रानाले बताए ।
हामीहरुको मुख्य चासो जनजीविकालाई सुचित वनाउने हो । महामारीको रुपमा आएको यो कोभिडले समुदायमा असर नगरुन र स्वास्थ्य रहुन भन्ने उद्येश्यले हामीले वडा को सवै टोलमा पुगि १५२५ घरधुरीलाई नै हात धुने सावुन २ थान, १० पिस मास्क र अन्य गरि कुल एक लाख वरावरको स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हौ, संस्थाका अध्यक्ष नन्द कुमारी आलेले वताईन । कार्यक्रममा वडा सदस्य मोहन आले लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
















प्रतिक्रिया