काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसी महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने बताएकी छिन् ।
आगामी अक्टोबर २३ देखि २५ तारिखमा काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनमा गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनी यसअघि पनि महिला संयोजक पदको दाबेदार रहेकी थिइन् । सन् २०१७–१९ मा एसिया प्यासिफिक महिला संयोजक रहेकी गुरुङले विश्वभरिका अग्रज एनआरएनए अभियन्ताको सल्लाह र सुझावअनुसार आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताइन् ।
उनले विश्वभरि रहेका महिलाहरूलाई परेको समस्या समाधानमा पहल गर्दै महिला सञ्जाल विस्तार गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको बताइन् ।















प्रतिक्रिया