४ मंसिर २०८३, शुक्रबार

बारामा मोटर साइकल दुर्घटना, तीन जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति साढे १० बजे दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाकोमृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २, ०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७ ५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साहको मृत्यु भएको छ ।

५३३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैनादेवी साहको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।