४ मंसिर २०८३, शुक्रबार

नक्कली नोट सहित २ जना भारतीय पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ५ भदौ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।

१ सय रुपियाँ दरका १६ थान नक्कली नेपाली नोटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् ।

बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।