१७ कार्तिक २०८३, मंगलबार

पार्टी एकताको सन्देश सर्वसम्मतमा मुख्यमन्त्री बनेको हुँः मुख्यमन्त्री शाक्य

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, ३ भदौ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू सबैको समर्थनमा मुख्यमन्त्री बनेको बताएकी छन् ।

वुधबार राति बागमती प्रदेशको मुख्यमन्त्री सपथपछि पत्रकारसँलाई प्रतिक्रया दिँदै उनले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताएकी हुन् ।

यससँगै उनी नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’, उनले भनिन् ।