काठमाडौं, ३ भदौ । पाँचथर जिल्लाको फिदिम नगरपालिका–११ आहाले घर भई सोही नगरपालिका तृतीयास्थित गोपाल सुवेदीको घरमा काम गरी बस्ने ४५ वर्षीय भीम सावा सोही घरको बरण्डामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता, धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ शीतलबजारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया