२९ आश्विन २०८३, बिहिबार

बिकुको ‘मृत्यु बिर्सिनेहरु’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biku dai– सुमन गिरी
युवा साहित्यकार बिकु लामाको कविता संग्रह ‘मृत्यु बिर्सिनेहरु’ आज एक समारोहकाबीच बरिष्ठ कवि एवं प्राज्ञ श्रवण मुकारुङले सार्वजनिक गरे । यसअघि ‘सोइनम’ नियात्रा संग्रह ल्याएका बिकुले आफ्नो दोश्रो कृतिका रुपमा कबिता संग्रह ‘मृत्यु बिर्सिनेहरु’ ल्याएका हुन् ।

ज्योति साहित्यिक प्रतिष्ठानमा अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा बरिष्ठ कवि एवं प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न लोकार्पण समारोहमा कवि जय छाङछा, शशी लुखुम्बु तथा छविरमण शिलवालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्याका चर्चित साहित्यकार तथा संचारकर्मी र साहित्य अनुरागीको उल्लेख्य सहभागिता रहेको थियो । ४५ वटा कबिता संग्रहित उक्त कृतिलाई याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याएको हो ।

पर्यटन व्यवसायीका अलवा समाजसेवी समेत रहेका बिकु लामाले आफ्नो कृति सार्वजनिकका क्रममा भने ‘समाजमा भिज्दै जादा आएका भावना जस्ताको तस्तै उतारेको हँु यसलाई कविता भन्दा सामान्य जनजिवनका भावना सम्झनुहोला ।’ उनले अगाडि भने ‘निश्वार्थ जिवनमा उही परिवेशले झकझकाउछ, यसमा कविताको भाव नहोला तर जिवनका यर्थाथ गाउले भाषा मै छन ।’

प्रमुख अतिथि बरिष्ठ कवि एवं प्राज्ञ श्रवण मुकारुङले पहिलो कदममै गाउघरका भावना जस्ताको तस्तै राख्ने जर्वजस्त सर्जक भन्दै अझ यो विधामा अघि बढन आग्रह गरे । उनले भने ‘मैले नसकेको गाँउघरका भावना उसले कोर्यो, अव उसले कबि भन्नैपर्छ र हाम्रो बाटो फराकिलो बनाउनै पर्छ ।’

यसअघि सोइनम नियात्रा ल्याएका बिकु लामाको उक्त कृति १ बर्ष भित्रै दोश्रो संस्करण निकाल्न बाध्य भएको थियो । जनजिवनलाई टपक्कै टिप्ने र सकारात्मक सोचाईलाई प्रेरित गर्ने उनका भावना साच्चै सार्थक छन ।

मायाप्रेम देखि लिएर मृत्युको वास्तविकता र मुलुकको वर्तमान राजनैतिम अस्थिरतालाई जनताको आवाजका बोलेका यी श्रष्ठाको सृजनाले आफ्नै बोली बोल्छ ।