४ मंसिर २०८३, शुक्रबार

कोरोनाविरुद्धको खोप लगाइदिएर कक्षा १२ को परीक्षा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

परीक्षामा सहभागी हुने तीन लाख ७४ हजार विद्यार्थीमध्ये ८४५ जनामात्र १८ वर्षभन्दा कम उमेरका रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई विद्यार्थीलाई खोपको व्यवस्था गर्न अनुरोध गरिएको बताउँदै बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले दुवै पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिए ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक–दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने बोर्डको तयारी छ ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।