१६ कार्तिक २०८३, सोमबार

चैत मसान्तसम्ममा सहमति नभए प्रक्रियामा जाने : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-pokheralविराटनगर, २७ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने धारणा प्रकट गर्नुभयो ।

उहाँले संविधान निर्माणको विषयमा गम्भीर भएर संविधानसभाका सम्पूर्ण दल लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस