
काठमाडौँ, १ भदौ । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।
यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो ।
बिमाको रकम श्रीमती पुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे ।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।















प्रतिक्रिया