७ कार्तिक २०८३, शनिबार

सनराइज बैंकको ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।

सोही क्रममा गत हप्ताको शुक्रबार र शनिबार बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.०३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

आइतबार बैंकले प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।