काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ ।
अध्यक्ष ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको शीर्ष नेताको अनौपचारिक छलफलपछि स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको हो ।
स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
माधवकुमार नेपाल समूहलाई सहज हुने गरी सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप ओली समूहको छ ।











प्रतिक्रिया