७ कार्तिक २०८३, शनिबार

सेलपेले ल्यायो रक्षाबन्धनको अवसरमा आकार्षक अफर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षाबन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट रु। ५००० वा त्यो भन्दा बढीको सामान खरिद गरेमा रु। ५०० क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

 वास्तविक समयमा भुक्तानी
 सरल र सुरक्षित
 बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथाब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख रुपैयाँ मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

साथै ग्राहकहरुले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसीबसी विभिन्न सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

सेलपे सेवा गुगलप्ले स्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।