
काठमाडौँ, ३१ साउन । अफगानिस्तानमा समस्यमा परेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तान जाने भएको छ ।
पछिल्लो समय विद्रोही समूह तालिवानले अफगानिस्तानमा कब्जा जमाउन थालेपछि
विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको अवस्था गम्भीर छ ।
यही बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।
आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो ।
यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ ।
अनुमति पाएपछि जहाज उड्नेछ ।












प्रतिक्रिया