९ कार्तिक २०८३, सोमबार

जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग गर्दै ज्ञापनपत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो । मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेको बताइएको छ । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन । नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

यद्यपि छानविनको शैलीप्रति भने आलोचना हुँदै आएको छ । घटनाबारे अहिलेसम्म नेपाल सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन ।