९ कार्तिक २०८३, सोमबार

राष्ट्रिय झण्डा गाडेर अमेरिकी सहयोग एमसीसीको जग्गा कब्जा !

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ३१ साउन । संसदमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने कि नगर्ने टुंगो लाग्न सकेको छैन ।

एमसीसी संसदबाट पारित नभए पनि यसको पूर्वतयारीस्वरूप नुवाकोटको रातमाटेमा निर्माण हुने प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको जग्गामा भौतिक संरचना निर्माण नभए पनि आयोजनालाई आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ ।

शनिबार उक्त जग्गामा एमसीसीको विरोध गर्दै आएकाहरूले राष्ट्रिय झण्डा गाडेर कब्जा गरेको दाबी गरेका छन् । आयोजनाले बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अधिग्रहण गरेको करिब ४०० रोपनी जग्गा उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका हुन् ।

उन्नत लोकतन्त्र पार्टी (एडीपी) का अध्यक्ष स्वागत नेपालको नेतृत्वमा आएका टोलीले एमसीसीको विरोध गर्दै जग्गा कब्जाको घोषणा गरेका हुन् । अध्यक्ष नेपालले उक्त जग्गामा कुनै पनि संरचना निर्माण हुन नदिने बताएका छन् ।

धिग्रहण गरिएको जग्गामा नारा जुलुससहित पुगेर एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए ।

अध्यक्ष नेपालले स्थानीयलाई प्रलोभनमा पारेर जग्गा अधिग्रहण गरिएको र अब उक्त जग्गामा राष्ट्रिय कृषि विश्वविद्यालय वा खेकलुद रंगशालालगायत संरचना निर्माण गर्नुपर्ने बताए ।