
काठमाडौं, ३१ साउन । साताको शुरू दिन आज आइतबार सुनको मूल्य तोलमा १ हजार रुपैयाँले बढेको छ ।
गत शुक्रबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार २०० रुपैयाँ तोकेको जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँले बढेको छ । गत शुक्रबार १ हजार १८५ रुपैयाँमा खरिदविक्री भएको चाँदीको मूल्य आज १ हजार २०५ रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया