७ कार्तिक २०८३, शनिबार

मेगा बैंकले सञ्चालनमा ल्यायो एकैदिन पाँच वटा नयाँ शाखा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । मेगा बैंक नेपालले आज आइतबार एकैदिन पाँच वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक, उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाट, रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुर, चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका–६ गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिएका छन् । मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ ।

थप नयाँसहित मेगा बैंकको देशभर १९० वटा शाखा कार्यालय सञ्चालनमा छन् भने ४ वटा शाखाहरू सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।