९ कार्तिक २०८३, सोमबार

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पेस गरे ५२ पृष्ठ लामो अन्तरिम विधान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५२ पृष्ठ लामो अन्तरिम विधान पेश गरेका छन् ।

पार्टी संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ अध्यक्ष दाहालले सो प्रस्ताव पेश गरेका हुन् । माओवादीले व्यवस्थित ढंगले आफ्नो विधान मस्यौदा गरेको यो सम्भवतः पहिलोपटक हो ।

विधान मस्यौदा नेकपा एमालेले अवलम्वन गरेको संगठनात्मक संरचना र ढाँचाहरूमा मिल्दाजुल्दा छन् । केन्द्रीय कमिटी बैठकमा पेश भएको ‘अन्तरिम विधान–२०७८’ पारित भएपछि माओवादी नयाँ वैधानिक व्यवस्थामा जाने छ ।

प्रस्ताव अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी, सो केन्द्रीय समितिले चयन गर्ने पदाधिकारी र केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

माओवादीको जिल्ला कमिटी ९९ सदस्यीय, विशेष जिल्ला कमिटी ६५ सदस्यीय र महानगर कमिटी ९९ सदस्यीय रहनेछन् । त्यस्तै उपमहानगर समिति ८१, नगर कमिटी ६५, गाउँ कमिटी ५५ सदस्यीय रहनेछन् ।

सबैभन्दा तल्लो तह पार्टी सेल ११ सदस्यीय हुने छन् ।