९ कार्तिक २०८३, सोमबार

२४ घण्टामा ४९ हजार १७१ जनालाई निःशुल्क मास्क वितरण, १८० जनालाई जरीवाना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४९ हजार १७१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ९८ हजार ६१९ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८० जनालाई १८ हजार रुपैयाँ जरीवाना गरिएको पनि प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ९ हजार २५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको बताइएको छ ।

साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४६ हजार ८१९ जनालाई सचेत गराइएको प्रहरीले बताएको छ ।