४ मंसिर २०८३, शुक्रबार

औषधिले काम नगरेपछि हत्या, यस्तो थियो १८ वर्षअघिको घटना

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २८ साउन । नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका(१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन् । उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

२०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो । २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो ।

जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधि खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए ।

छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो । आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो ।