२८ आश्विन २०८३, बुधबार

खरेलको सरुवा निर्वाचन आयोगमै थन्कियो, सरुवा सदर गर्न विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-kharel

काठमाडौंको प्रहरी प्रमुखबाट हटाइएका रमेश खरेलको सरुवा सदर गर्न निर्वाचन आयोगमै विवाद देखिएको छ ।

गृह मन्त्रालयले खरेलको सरुवाका लागि अनुमति माग्दै लिखित पत्र पठाएपनि अनुमति दिने कि नदिने भन्नेमा निर्वाचन आयोगका पदाधिकारीबीच नै विवाद भएको छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु अयोधीप्रसाद यादव र इला शर्मा खरेलको सरुवाका लागि अनुमति दिन नहुने पक्षमा छन् ।

खरेलको सरुवालाई अनुमति दिने या नदिने भन्ने विषयमा छलफल गर्न आयोगले बुधबार बोलाएको आचारसंहिता समितिको बैठक समेत निष्कर्षविहीन बनेको छ । आचारसंहिता अनुगमन समितिका सदस्यहरु सरुवाका विषयमा विभाजित भएपछि गृहमन्त्रालयले पठाएको पत्र निर्वाचन आयोगको पूर्ण बैठकमा पेश हुने भएको छ ।