४ मंसिर २०८३, शुक्रबार

मुस्लिम आयोगमा सचिव दिन अध्यक्ष अन्सारीको माग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगमा सचिवको व्यवस्था गर्न माग गरेका छन् ।

अध्यक्ष अन्सारीले आयोगमा सचिवको व्यवस्था गरिदिँदा काम गर्न सजिलो हुने बताए ।

उनले आयोगमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिवस्तरको दरबन्दी आवश्यक भएकाले त्यसको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गर्नु परेको बताएका छन् ।

मुस्लिम आयोगमा सह–सचिव रहने व्यवस्था छ । यो व्यवस्थालाई हटाएर सचिव राख्नुपर्ने उनको भनाइ छ ।