बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद र एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।
बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल हुँदैछ ।
त्यसअघि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद र संसदीय दलको बैठक राखेका हुन् । आगामी कदमबारे रणनीति तय गर्न बुधबार बिहान बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद बैठकपछि एमालेको प्रदेश संसदीय दलको बैठक बस्नेछ । मन्त्रिपरिषद र संसदीय दलको बैठक मुख्यमन्त्री पोखरेलकै निवासमा बस्दैछ ।











प्रतिक्रिया