७ कार्तिक २०८३, शनिबार

स्मार्टफोनको बजारमा रियलमी शीर्ष ५ स्थानमा प्रवेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार उदयमान प्रविधि कम्पनी रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्डभित्र पर्न सफल भएको छ ।

स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ । यो तीन वर्षीय कम्पनीको लागि नयाँ रेकर्ड हो । यसैगरी भारतको नम्बर वन फाइभ जी स्मार्टफोन ब्राण्डका रुपमा आफूलाई स्थापित गरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ, यो स्मार्टफोन क्षेत्रकै नयाँ उपलब्धि रहेको विज्ञप्तिमा उल्लेख छ ।

फाइभ जी विस्तारका क्षेत्रमा आक्रामक रियलमीे २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथोँ ठूलो स्मार्टफोन बन्न सफल भएको छ ।

क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्ट अनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । त्यसे गरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा आफूलाई उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै सुरुवाती केवल ५ क्वाटर समय लगाएको हो ।

यो क्वाटर यूरोपको बजारमा सफलता प्राप्त गर्न रियलमीका लागि उपयुक्त समय रह्यो, किनभने १२८२ % वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।