धनगढी, २६ साउन । कैलाली जिल्लाको धनगढीतर्फ आइरहेको जीप सल्लेघारीमा दुर्घटना भएको छ ।
बिरामी बोकेर धनगढी आइरहेको स्कारपियो जीप दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । अछामबाट धनगढी आइरहेको सुपप्र ०१ ००१ च २६५८ नम्बरको जीप चुरे गाउँपालिका–३ सल्लेघारीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका–१ का गोपी धामीको अवस्था गम्भीर रहेको बताएका छन् ।
सवार साँफेबगर नगरपालिका– १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम रहेको छ । मुकुन्द रावल र धनकला रावलको अवस्था सामन्य रहेको विष्टले बताएका छन् ।











प्रतिक्रिया