काठमाडौं, २६ साउन । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि.द्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँ डुम्रेको सिजन युवा क्लब र शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
आइएमई मोटर्स प्रा.लि.को तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठलाई दिएका हुन् ।
श्रेष्ठले डुम्र्रेमा यसप्रकारको सुविधा युक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्वारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।















प्रतिक्रिया