१६ कार्तिक २०८३, सोमबार

प्रचण्ड भन्छन्-‘कांग्रेस एमालेले हाम्रो भावना नबुदिदाँ आमहड्ताल गर्‍यौं ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, २६ चैत । एकीकृत नेकपा माओवादीले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको जनाउँदै ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास दिलाएको छ ।

नेपालको संविधान लेखन प्रक्रियामा रहेका गत्यावरोधका बारेमा युरोपेली संसद्का प्रतिनिधिले राखेको जिज्ञासामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवादलाई अगाडि बढाउन नै आफूहरुले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिएको उल्लेख गर्दै संविधान निर्माणको आधार बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, मधेसी, दलित, आदिवासी र महिलासँग भएका सहमति नै भएकाले त्यसमा विशेष ध्यान दिन सत्तारूढ दललाई आग्रह गरिएको प्रतिनिधिमण्डललाई जानकारी गराएको बताउनुभयो ।

नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले संविधान लेखनका प्रक्रियामा देखिएका अवरोधलाई हटाएर कसरी अगाडि बढ्न सकिन्छ र नेपाली जनताले कहिले संविधान पाउँछन् भन्नेमा चासो राख्दै विगतका सहमति तथा सम्झौताका आधारमा नै अगाडि बढाउन आग्रह गरेको छ । प्रचण्डसँग आज उहाँकै निवास लाजिम्पाटमा भेटेर प्रतिनिधिमण्डलले संविधान लेखनको कामलाई पूर्णता दिएर मुलुकलाई आर्थिक समृद्धिका दिशामा अगाडि बढाउन आग्रह गरेको थियो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विगतमा प्रमुख राजनीतिक दलबीच भएको सहमति र सम्झौताका आधारमा संविधान लेखनको प्रक्रियालाई अगाडि बढाउने पक्षमा युरोपेली संसद् रहेको जिकिर गर्नुभयो ।

दलबीच नयाँ ढङ्गको सहमतिको जरुरत रहेकामा उहाँले जोड दिनुभयो । ‘‘हामी सकेसम्म सहमतिको पक्षमा नै छौं, विगतका सहमति कार्यान्वयन होस् भन्ने नै हाम्रो माग रहिआएको छ, नयाँ माग अगाडि सारेका छैनौँ, तर सत्तारूढ दल नयाँ त्यो पनि पूरा नै गर्न नसकिने माग जस्तो गरी प्रस्तुत भएका छन्, जसका कारण सहमति हुन सकेको छैन’’– प्रचण्डले भन्नुभयो । उहाँले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तीस दलिय मोर्चाको माग भावना नबुदिदाँ बाध्य भएर आमहड्ताल गरेको स्पष्ट पार्नुभयो ।