लन्डन । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन् ।
युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार सकिए पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको थियो ।
निर्वाचन कमिटीले शुक्रबार मध्यरात शुरु गरेको नतिजा घोषणा सभा शनिबार बिहानसम्म चलेको थियो ।
निर्वाचन कमिटिका अनुसार गाहा मगरले ४,५७४ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले २,१९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले २,१४८ मत मत प्राप्त गरेकी छिन् ।
उपाध्यक्षमा सुनिलबाबु खड्का, नारायण कँडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन ।
महासचिवमा खुसी लिम्बु र सचिवमा ज्ञानेन्द्रबहादुर आले तथा विष्णु चालिसे निर्वाचित भएका छन् । गरी युवा संयोजकमा तीर्थबहादुर मल्ल ‘अनिल’ तथा महिला संयोजकमा विमला लिम्बु निर्वाचित भएकी छिन्।
इंगल्याण्ड राज्य परिषदको अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, स्कटल्याण्ड राज्य परिषदको अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन् ।
नर्दर्न आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । वेल्स राज्य समितिको अध्यक्षमा कृष्णप्रसाद भण्डारी र उपाध्यक्षमा अमृत घले निर्विरोध निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, कोशलेश्वर ढकाल र दिनेश घिमिरे सर्वसम्मत भइसकेका छन् ।















प्रतिक्रिया