७ कार्तिक २०८३, शनिबार

चाइनिज कम्पनीको लापरबाहीले पोखरा विमानस्थल निर्माणमा ढिलाइ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । चाइनिज ठेकेदार कम्पनीको लापरबाहीका कारण विमानस्थलको काममा ढिलाइ हुँदै आएको छ ।

राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।

उनले भने, ‘हामीले समयमै सम्पन्नका लागि द्रुत गतिमा काम गरेका छौँ तर कोभिड–१९ का कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही सामानका कारणले समय धकेलिन पुग्यो ।’

उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्यान्डफिल साइट हटाउन पनि समस्या रहेको र यसबारेमा पनि काम अघि बढेको जानकारी दिए ।

चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको यो विमानस्थल कुल २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको थियो ।

आयोजनका इन्जिनियर मीनराज ओझाका अनुसार अहिलेसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६ सय स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६ सय स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६ सय स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।