
काठमाडौं, २२ साउन । मेगा बैंक नेपालले बाराको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
प्रदेश नम्बर २ अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकको यो १८५औं शाखा हो ।
मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।















प्रतिक्रिया