७ कार्तिक २०८३, शनिबार

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एउटै बीमितलाई १ करोड रुपैयाँ भुक्तानी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकैजना बीमितलाई १ रोड रुपैयाँ बिमाङ्क रकम भुक्तानी गरेको छ ।

कम्पनीमा बीमा गराएका बीमित सूर्यबहादुर खड्काको मृत्यु भएपछि कम्पनीले सो रकम खड्काको हकवालालाई प्रदान गरेको हो । मृतक खड्काले कम्पनीको प्रदेश १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ गते जीवन बीमा गराएका थिए ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत बीमित खड्काको २०७८ असार १५ गते मृत्यु भएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रममाझ बीमितले ईच्छाएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।