
काठमाडौं, २२ साउन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य स्थिर रहँदै ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेको छ । महासंघका अनुसार बिहीबार एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २६५ रुपैयाँ कायम भएको छ ।















प्रतिक्रिया