
काठमाडौं, २१ साउन । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया