८ कार्तिक २०८३, आइतबार

रामचन्द्र पौडेलले राखे कांग्रेसमा विशेष महाधिवेशनको प्रस्ताव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् ।

क्रियाशील सदस्यताको विवाद साम्य नभएपछि वरिष्ठ नेता पौडेलले उक्त प्रस्ताव राखेका हुन् । क्रियाशील सदस्यताको टुङ्गो लाग्न नसकेपछि भदौ २३ अघि महाधिवेशन हुने सम्भावना टरेको भन्दै उनले यस्तो अवस्थामा पार्टीको वैधानिकतामै प्रश्न उठ्ने बताएका छन् ।

त्यसकारण विशेष महाधिवेशन गर्नुपर्नेमा उनको जोड छ । क्रियाशील सदस्यता विवादको समाधान पनि निकाल्दै जाने र त्यस अवधिका लागि तदर्थ समिति गठन गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।

क्रियाशील सदस्यता विवाद समाधान नभइ महाधिवेशन हुन नसकेको अवस्थामा विकल्पको रुपमा आफूले सो प्रस्ताव अगाडि सारेको पनि स्पष्ट पारेका छन् ।