बैतडी, २१ साउन । बैतडी जिल्लामा बँदेलका लागि बिच्छयाइएको विद्युतीय धरापमा पर्दा बैतडीमा दुई दाजुभाइको ज्यान गएको छ ।
करेन्ट लागेर सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको ज्यान गएको हो ।
बुधबार राति घर नजिकै रहेको मकैबारीमा बँदेलका लागि बिच्छयाइएको बिजुलीको तारमा पर्दा उनीहरूको ज्यान गएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
उनका अनुसार बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको थियो । उनीहरू बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया